काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए ।
प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरसियाको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।
उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।





















प्रतिक्रिया