Logo

मधेश प्रदेश

मधेसी आयोगले ‘मधेस दिवस’ मनाउने निर्णय



काठमाडौं । मधेसी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ । आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औँ बैठकमा आयोगले मधेस दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पूर्व मन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल, पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्व सदस्य ब्रह्मदेव राय, पूर्व सांसद सकलदेव सुतिहार सहितका विज्ञहरूसँग आयोगले मधेस दिवसको मिति निर्क्योल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले सबै सरोकारवालाहरूसँग मधेस दिवस मनाउन उपयुक्त मिति सम्बन्धी राय/सुझाव समेत सो प्रेस विज्ञप्तिमार्फत माग गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ११:३५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।