Logo

प्रमुख समाचार

न्यायाधीश नियुक्तिको निर्णय नभई सकियो न्यायपरिषद बैठक



काठमाडौं । न्यायाधीश नियुक्तिका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ ।

सोमबार बोलाइएको परिषदको बैठकमा न्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय नभएको परिषदका सहसचिव मानबहादुर कार्कीले जानकारी दिए । अब अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्यकालमा सर्वोच्चदेखि उच्च अदालतका रिक्त न्यायाधीशको नाम सिफारिस गर्न खोजेका छन् । उनले सुरुमा उच्च अदालत र त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी भएको बताएका थिए । अहिले सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्य न्यायाधीश र ४१ न्यायाधीश पद रिक्त छन् ।

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ६ : २९ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।