Logo

स्वास्थ्य

उपत्यकामा २ हजार ७२० जना सहित , देशभर ४ हजार ४९९ जना संक्रमित,१७ जनाको मृत्यु



छिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । सबैभन्दा बागमती प्रदेशमा ३२२५ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् ।

नेपालमा हाल २९० जना आइसीयूमा रहेका छन् भने ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ । नेपालमा हालसम्म १ लाख ५३ हजार ८ जना संक्रमित फेला परिसकेका छन् । त्यस्तै, १ लाख ५ हजार ४८८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना निको रहेका छन् । नेपालमा निको हुने दर ६८.९ प्रतिशत रहेको छ ।

पछिल्लो नेपालमा मृत्यु हुनेको संख्या १७ रहेको छ । हालसम्म ८२९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।d1_qYF5mD70Nc.jpgd6_sAqL1wXleP.jpgd7_KulFseZ6nO.jpgd5_6YOGKDzJ0v.jpgd3_0Jhvy33znz (1).jpgd3_0Jhvy33znz (1).jpgd4_0c3xRtTrPw.jpgd2_NdnwDpUoI8.jpg

d2_NdnwDpUoI8 (1).jpg

d6_sAqL1wXleP.jpg

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।