काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा पुराना मोटरसाइकल प्रदान गरेको छ ।
प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको निर्देशनमा १० देखि १३ वर्षसम्म पुरानो तर राम्रो अवस्थाको १० वटा मोटरसाइकल एसपी सन्तोष आचार्यले आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।
आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनका अनुसार ती मोटरसाइकलमध्ये दुई वटा राष्ट्रिय आविष्कार केन्द्रको तत्काल प्रयोगको लागि राखेर अरु सबैलाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गरेर परीक्षण गरिनेछ ।





















प्रतिक्रिया