Logo

प्रवास

एनआरएनएकाे आईसीसी सदस्यमा उम्मेदवारी दिँदै रवि अर्याल



लिस्वन । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका वर्तमान सचिव रवि अर्यालले आगामी जुलाई ३० मा हुने संघको ९औँ अधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)को सदस्य पदका लागि उम्मेद्वारी दिने भएका छन् । विगत १० बर्ष देखि पोर्चुगलमा व्यवसाय गर्दै आफूलाई स्थापित गराई, चितवन समाज पा्र्तुगलका अध्यक्ष समेत रहेर समस्यामा परेकाहरुलाई आवश्यकता अनुसार सहयाेग गरि समाजसेवामा समेत आफूलाई अगाडि बढाएका उनै रविले उम्मेद्वारी दिन लागेका हुन् ।

वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गरिरहँदा पनि आफूले आफ्नो कर्तव्य कहिले नभुलेको एनआरएनएका हरेका गतिविधिमा आफु सकृय भएर लागेको र आफ्नो पदीय सीमा भित्र रहेर गर्नुपर्ने हर कर्तव्य आफूले इमान्दारीताका साथ निर्वाह गरेकोले आइसीसीमा गएर काम गर्न पनि आफूलाई नैतिक बल मिलेको बताए ।

उनले नेपाल बाहिर रहेका नेपालीको हक अधिकारको सुरक्षा लागि र एनसीसी र केन्द्र बीच कोशेढुंगा साबित तथा नेपालमा पर्यटन प्रबर्धनमा जोड दिने साथै वर्तमान अवस्थामा संघ भित्र विवाद रहेको प्रति संकेत गर्दै उनले संघलाई सकेसम्म विवादरहित बनाउन आफूले महत्वपुर्ण भूमिका खेल्ने र अबको एनआरएनएलाई प्रविधिमैत्री बनाउने पर्नेमा जोड दिँदै आफू विजय भए उक्त कुरा लागु गर्न पहल गर्ने बताए ।

अबको जमना प्रविधिको जमना भएकाे र संसार कृतिम वौद्धिकता [आर्टिफिसेल इन्टिलेजेन्ट (एआइ)] को हो भन्दै उनले परम्परागत ढर्राबाट चलिरहेको एनआरएनको छिटो छरितो र सहज ढंगले काम गर्ने बताबरण बनाउन आफूले भूमिका खेल्ने बताए । निर्वाचनमा प्रतिस्पर्धा गरीसकेपछि हारजीत जे भएपनि त्यसलाई सहर्ष स्वीकार गर्दै, जीतेमा आफ्नो प्रतिवद्धता अनुसार काम गर्ने तथा पराजित भएमा विजेतालाई आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १३:४३   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।