Logo

समाचार

विष्णुमती, इच्छुमती र धोबिखोला क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन आग्रह



काठमाडौं। काठमाडौंका विभिन्न भू–भागमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ।

बूढानीलकण्ठ, जितपुर र आसपास पछिल्लो दुई घण्टामा भारी वर्षा भएको हाे।

विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ। विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ७ बजेसम्म बाढीकाे जाेखिम रहेकाेले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ०७:४४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।