Logo

लोकसेवा

निमावी तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो



काठमाडाैं । शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो ।

आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही नहुने आयोगले जनाएको छ । दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्बन्धमा उम्मेदवार स्वयं जवाफदेही हुनुपर्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १६:४५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।