काठमाडाैं। आज साउन १५ अर्थात् खीर खाने दिन ।
आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ । खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ ।
असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। साउन १५ मा खीर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्त्व पनि रहेको हुन्छ ।
मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खीर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइन्छ ।
विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधिय गुण खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन् ।





















प्रतिक्रिया