काठमाडौं । बागमती प्रदेश सरकारमा लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए । तर आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।
प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको छ ।
कांग्रेसका पुकार महर्जनले सम्हालिरहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो । चित्रकार कांग्रेसका संसदीय दलका उपनेता समेत हुन् ।





















प्रतिक्रिया