Logo

समाचार

एकैपटक सशस्त्रका ३ हजार ८७१ जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)



काठमाडौं। सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारका लागि बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवल्दार पदका लागि ३ हजार ८ सय ७१ जना जवानको सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम ३ हजार ८७१ जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफासि गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।