Logo

समाचार

मनमा अत्यधिक निराशाको भावना आए नमस्ते नेटवर्कबाट डायल गर्नुहाेस् ११६६ !



काठमाडौं। सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न सकिने व्यवस्था सरकारले गरेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मनमा अशान्ति पैदा भए मनाेपरामर्श लिन सकिने व्यवस्था सरकारले बनाएकाे जनाएकाे छ ।

पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएकाले केन्द्रले याे कार्यक्रम लागू गरेकाे हाे । केन्द्रले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा नमस्ते नेटवर्कबाट कुनै पनि बेला फोन गर्न र मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन सकिने जनाएकाे छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १९:१३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।