यति खेर मेरो हातमा टि.एस.कुनद्धारा लिखित पुस्तक वैज्ञानिक सिद्धान्तको विकास–प्रक्रिया रहेको छ । नारायण गिरीद्धारा नेपालीमा अनवादित उक्त पुस्तकलाई प्रगति पुस्तक सदनले बजारमा ल्याएको हो । पाठकहरूको चाहनालाई मध्यनजर गरेर उक्त पुस्तकको “वैज्ञानिक विकासमा इतिहासको भूमिका” भन्ने लेख यहाँ प्रस्तुत गर्ने जमर्काे गरीएको छ । यसलाई तपाई विज्ञ पाठकहरूले सकारात्मक रुपमा लिनुहुने छ भन्नेमा विश्वस्त छु ।
विज्ञानको इतिहासको परम्परा छ कि विकास–क्रमलाई जीवन घटनाहरू र क्रमिक संचयी विकासको रुपमा हेरियोस् । यसै कारण विज्ञानको हाम्रो धरणा बनेको छ । इतिहासप्रति आफ्नो दृष्टिकोण बदलेपछि विज्ञानको हाम्रो यस धारणामा पनि निर्णायक परिवर्तन हुन सक्दछ । पहिले वैज्ञानिकको हाम्रो यस धारणामा पनि निर्णायक परिवर्तन हुन सक्दछ । पहिले वैज्ञानिक स्वयं आफ्नो व्यवसायको धारणा शास्त्रीय ग्रन्थहरूमा वर्णित महत्वपूर्ण वैज्ञानिक सफलताहरूको अध्ययनको माध्यमले बनाउँथे । पछि यसको आधारमा ती पाठ्य–पुस्तकहरू बन्न गए, जसबाट वैज्ञानिहरूको हरेक नयाँ पुस्ताले आफ्नो व्यवसायको काम सिक्दछ ।
अनिवार्यतः यस्ता पुस्तकहरूको उद्देश्य विश्वासोत्पादन र प्रशिक्षण हुन्छ, यिनीहरूबाट बनेको विज्ञानको धारणा त्यस्तै नै हुन्छ । जस्तो कुनै देशको पर्यटन–पुस्तिका वा भाषा पाठ्य–पुस्तकद्धारा बनेको त्यहाँको राष्ट्रिय संस्कृतिको धारणा । यस पुस्तकमा यो देखाउने प्रयास गरिएको छ कि उपरोक्त विज्ञान पाठ्य –पुस्तकहरूको कारण विज्ञानको हाम्रो धारणामा आधारभूत विकृति उत्पन्न हुन गएको छ ।
हाम्रो उद्देश्य विज्ञानको एउटा यस्तो नुतन धारणाको खाका खिच्नु हो । जुन अनुसन्धनात्मक गतिविधिको मात्र ऐतिहासिक विकासलाई आधार बनाएर निर्मित हुन सक्दछ । इतिहासबाट पनि यो बाँछित धारणा तबसम्म सुलभ हुन सक्नेछैन, जबसम्म ऐतिहासिक आँकडाहरूको चयन, विज्ञान पाठ्य –पुस्तकहरूमाथि आधारित घिसेपिटे ढाँचामा उठाइएका सवालहरूको उत्तर दिने उद्देश्यले गरिरहनेछ र यसै आधारमा यी आँकडाहरूको व्याख्या गरिरहिनेछ ।
उदाहरणको लागि यी पाठ्य पुस्तकहरूमा धेरै यी कुरा निहित रहेका छन् कि विज्ञानको अन्तर्वस्तुको एकमात्र अभिव्यक्ति प्रकटतः तिनका पृष्ठहरूमा वर्णित अवलोकनहरू, नियमहरू र सिद्धान्तहरूको माध्यमबाट हुन्छ । यसैगरी, यी पुस्तकहरूद्धारा पटक–पटक यो दाबी गरिन्छ की वैज्ञानिक प्रणालीहरू केवल ती प्रयोगात्मक र बौद्धिक प्रविधिहरू हुुन्छन्, जसको प्रयोग पाठ्य–पुस्तकहरूको लागि समाग्री जुटाउनको लागि हुन्छ वा ती यस्त तार्किक पद्धतिहरू हुन्छन् जसको प्रयोग पाठ्य–पुस्तकहरूको सैद्धान्तिक समान्यीकरणहरूकोे सम्बन्ध तिनको प्रयोगात्मक अवलोकनहरूसँगै स्थापित गर्नको लागि गरिन्छ । परिणामस्वरुप विज्ञानको एक यस्तो धरणा बनेको छ जसको विज्ञानको प्रकृति र विकासको सन्दर्भमा अव्यक्त रुपले महत्वपूर्ण अर्थ निक्लिन्छ ।
यदि हामी विज्ञानलाई प्रचलित पाठय–पुस्तकहरूमा संकलित तथ्यहरू, सिद्धान्तहरू र प्रणालीहरूको समूहको रुपमा हेर्दछौँ भने, वैज्ञानिक ती मानिस कहलाउनेछन्, जसले सफलतापवूर्वक वा अन्यथा पुस्तकहरूको ज्ञान–भण्डारको वृद्धिको लागि गम्भीर प्रयास गरेका छन् । यस धारणाअनुसार वैज्ञानिक विकास अलग–अलग घटनाहरूलाई मिलाएर बन्ने एक यस्तो प्रक्रिया हो, जसको क्रममा वैज्ञानिक तथ्य, सिद्धान्त र प्रणालीहरू वैज्ञानिकको प्रविधि र ज्ञानको निरन्तर बढ्दो भण्डारमा एक–एक गरी वा सम्मिलित रुपबाट जोडिँदै जान्छन् । र विज्ञानको इतिहास त्यो विद्या–शाखा बन्न जान्छ जसले यी क्रमिक समृद्धिहरूको र यिनिहरूको संचयनमा रोकावट पैदा गर्ने बाधाहरूको ऐतिहासिक लेखाजोखा राख्दछ ।
यस धारणाअनुसार वैज्ञानिक विकासको गम्भीर अध्ययन गर्ने इतिहासकारका दुई मुख्य काम हुन जान्छन् । एकातिर उसको लागि यो निर्धारित गर्नु आवश्यक हुन्छ की कुन व्यक्तिद्धारा र ठीक–ठीक कुन समय, प्रत्येक वैज्ञानिक तथ्य, नियम र सिद्धान्त खोजियो वा आविष्कृत गरियो । अर्काेतिर, त्यसले ती सारा गल्तीहरू मनगढन्ते कुराहरू र अन्धविश्वासहरूको वर्णन र व्याख्या गर्नुपर्दछ, जसको कारणले आधुनिक विज्ञान पाठ्य– पुस्तकमा वर्णित वैज्ञानिक ज्ञानको तीव्रतर संचयनमा बाधा पुग्यो । विज्ञानको इतिहासको उपरोक्त उद्देश्यहरूलाई लक्षित गरी धेरै अनुसन्धान गरिएको छ र केही अझै पनि जारी छ ।
तर पछिल्ला केही वर्षहरूमा विज्ञानका केही इतिहासकारहरू संचयी विकासकोे उपरोक्त धारणाद्धारा नियत गरिएका उदेश्यहरूलाई पुरा गर्नमा निरन्तर अत्यन्तै कठिनाई अनुभव गरिएका छन् । उपरोक्त धारणा राख्ने इतिहासकारहरू यो पाउँदछन् कि अधिक अनुसन्धानद्धारा निम्न प्रकारका प्रश्नहरूको उत्तर मिल्न सजिलो हुनुको सट्टा अझ मुश्किल हुनजान्छ : उदाहरणको लागि, अक्सीजनको खोज कहिले भयो ? उर्जा संरक्षणको सिद्धान्तको कल्पना सबभन्दा पहिले कसले गर्यो ? निरन्तर यस्ता मानिसहरूको संख्या बढिरहेको छ, जसलाई यस्तो प्रतीत हुन्छ की यस प्रकारको प्रश्न सोध्नु नै गलत हो । यी मानिसहरू यस्तो महसुस गर्दछन् कि शायद विज्ञान एक–एक, अलग–अलग खोज र आविष्कारको संचयनद्धारा विकसित हुँदैन ।
साथ–साथै, यिनै इतिहासकार अतितका अवलोकनहरू र मान्यताहरूलाई “वैज्ञानिक”(अर्थात वैध) र “गल्ती ” वा “अन्धविश्वास” –अर्थात् अवैध) जस्ता तत्वहरूको बिचमा बाड्नमा अत्यन्तै धेरै कठिनाई अनुभव गरिरहेका छन् । जबकी तिनका पुर्ववर्ती यही काम धेरै सजिलोसँग गर्दथे । उदाहरणको लागि, जति नै धेरै सुक्ष्मतापुर्वक उनीहरू एरिस्टोटलको गतिविज्ञान फ्लोजिस्टिक रसायन –विज्ञान र क्यालोरिक ताप गतिकीको अध्ययन गर्दछन्, त्यति नै धेरै निश्चित रुपले उनीहरू यो महसुस गर्दछन् कि एक समयमा प्रचलित प्रकृतिसम्बन्धी यी विचार, कुल मिलाएर, आजभोलिको युगको तुलनामा न त कम वैज्ञानिक थिए र न यिनको उत्पतिमा कुनै व्यक्ति विशेषको मनगडन्त धारणाको स्थान नै अधिक महत्वपूर्ण थियो । ती अतीतका धारणाहरूलाई यदि मनगढन्त कुराहरूको संज्ञा दिइन्छ भने, पुनः यो मान्नुपर्नेछ कि मनगढन्त कुराहरू त्यसै प्रकारका प्रणालीहरूबाट पैदा हुन सक्दछन् र त्यसैप्रकारका कारणहरूको कारणले ती मान्य बनीरहन सक्दछन्, जसले अब वैज्ञानिक ज्ञानको मार्ग प्रशस्त गर्दछ ।
अर्काेतिर, यदि अतीतका यी धारणाहरूलाई वैज्ञानिक भनिन्छ भने, यसको परिणाम यो हुनेछ की विज्ञानमा धारणाहरूको यस्तो ढाँचा पनि सामेल रहेको छ, जुन आज हामीद्धारा मान्य ढाँचाभन्दा विल्कुल असंगत छ । यदि यही दुई विकल्प उपलब्ध छन् भने, इतिहासकारलाई पहिले चुन्नुपर्नेछ । अर्थात उसले यो स्वीकानुपर्नेछ कि पुरानो वैज्ञानिक सिद्धान्त यसकारण अवैज्ञानिक बन्न जाँदैन किनकी वर्तमान युगमा ती अमान्य धोषित भइसकेका छन् । यदि हामी यो धारणा स्वीकार्दछौ भने, पुनः वैज्ञानिक विकासलाई निरन्तर अभिवृद्धिको प्रक्रियाको रुपमा हेर्न कठिन हुनजान्छ । जुन ऐतिहासिक अनुसन्धानको आधारमा एक–एक आविष्कार वा खोजको स्वतन्त्र सत्ता स्थापित गर्न कठिन भइरहेको छ, त्यसैद्धारा विज्ञानका यी अलग अलग योगदानहरूलाई संयोजित गरी बन्ने संचित विकास प्रक्रियाको बारेमा गहिरो सन्देहहरूको लागि आधार पनि प्राप्त भइरहेको छ ।
ती सबै सन्देहहरू र कठिनाईहरूको परिणाम स्वरुप विज्ञानको क्षेत्रमा एक इतिहासशास्त्रीय क्रान्ति सम्पन्न भइरहेको छ । यद्यपी यो क्रान्ति अझै आफ्नो प्रारम्भिक अवस्थामा नै छ । यस कुराको बोध नभईकन नै विज्ञानका इतिहासकार विस्तारै– विस्तारै नयाँ प्रकारका प्रश्न सोध्न लागेका छन् र उनीहरूले विज्ञानको विकासको ब्याख्या एक नयाँ ढंगले गर्न सुरु गरिदिएका छन्, जुन प्रायः संचयी विकासको धारणाभन्दा भिन्न हुन्छ । अब उनीहरू यो खोज्दैनन् कि पुरानो युगको कुनै वैज्ञानिक कामको वर्तमान वैज्ञानिक दृष्टिकोणको निर्माणमा के स्थायी योगदान रहेको छ, बरु उनीहरू यो जान्ने प्रयास गर्दछन् कि पुरानो युगको कुनै वैज्ञानिक कामको तत्कालीन ऐतिहासिक वातावरणसँगै आंगिक सम्बन्ध कुन प्रकारको थियो । उदाहरणस्वरुप, उनीहरू ग्यालिलियोका वैज्ञानिक मतहरूको सम्बन्ध आधुनिक वैज्ञानिक धारणाहरुसँग खोज्ने कोसिस गर्दैनन्, बरु उनीहरू यस प्रश्नको उत्तर खोज्दछन् कि ग्यालीलियोका मतहरूको सम्बन्ध तिनका शिक्षकहरू समकालिनहरू र विज्ञानमा तिनका निकटतम् उत्तराधिकारीहरूलाई लिएर बनेका वैज्ञानिक दलका मतहरूसँग के थिायो । यसको साथ–साथै उनीहरू विभिन्न वैज्ञानिक दलहरूका मतहरूको अध्ययन यस्तो दृष्टिकोणले गर्नमा जोड दिन्छन्, जसबाट विभिन्न मतहरूको बिचमा अधिकतम्– आन्तरिक सामञ्जस्य स्थापित भएको होस् र जुन प्रकृतिसँग धेरै भन्दा धेरै तार्किक सम्बन्ध स्थापित गर्नमा सफल भएको होस् ।
यो दृष्टिकोण आधुनिक विज्ञानका मतहरू भन्दा प्रायः धेरै भिन्न हुन्छ । विज्ञानको इतिहासको विश्लेषणको उपरोक्त समझदारीको संभवतः सबभन्दा राम्रो उदाहण एलेक्सान्द्र कोयरेका रचनाहरू हुन् । यस्ता रचनाहरूलाई पढेपछि वैज्ञानिक व्यवसायको जुन स्वरुप रचनाहरू हुन । यस्ता रचनाहरूलाई पढेपछि वैज्ञानिक व्यवसायको जुन स्वरुप चित्रित हुन्छ यो पुरानो इतिहास शास्त्रीय परम्परा अन्तर्गत विश्लेषण गर्ने लेखकहरूद्धारा खिचिएको स्वरुपभन्दा विल्कुल भिन्न हुन्छ । यी ऐतिहासिक अध्ययनहरूको आधारमा विज्ञानको एक नयाँ स्वरुपको धारणाको हाम्रो सामुन्ने कम्तिमा एक परोक्ष सभावनाको रुपमा प्रकट हुन्छ । लेखकको उदेश्य नयाँ इतिहासशास्त्रको निहीतार्थहरूमध्ये केहीको तात्पर्यलाई स्पष्ट गरी विज्ञानको यस नयाँ स्वरुपको रुपरेखा प्रस्तुत गर्नु हो ।
यस प्रयासको क्रममा विज्ञानको कुन पक्षहरूलाई प्रमुखता प्राप्त हुनेछ ? जुन क्रमबाट लेखकले आफ्नो विचार प्रस्तुत गरेका छन् । त्यसअनुसार पहिलो कुरा यो हो कि विविध प्रकारका वैज्ञानिक प्रश्नहरूको एक मात्र सही उत्तरलाई स्वीकार गर्नको लागि वैज्ञानिकहरूलाई बाध्य गर्नमा केवल प्रणाली–वैज्ञानिक प्रतिबन्ध र कारण अपर्याप्त हुन्छ । उदाहरणस्वरुप, यो कोही यस्तो व्यक्ति, विद्युत् वा रसायन–वैज्ञानिक परिघटनाहरूमा अनुसन्धान गर्दछ । जुन यी क्षेत्रहरूको लागि नयाँ छ तर वैज्ञानिक–प्रणालीसँग समान्यतः परिचित छ भने त्यसको लागि अनेक परस्पर–विरोधी निष्कर्षहरूमध्येबाट कुनै एकलाई चुन्नु संभव छ । अनेक वैध संभावनाहरू मध्येबाट कुन विशेष निष्कर्षहरूलाई ऊ चुन्दछ, यो कुराले केही यस्ता ऐतिहासिक घटनाहरुमा निर्भर गर्नेछ । जस्तो अन्य क्षेत्रहरूमा अनुसन्धानको उसको पछिल्लो अनुभव वा अनुसन्धानको क्रममा घटित हुने कुनै आकस्मिक घटना वा त्यसको व्यक्तिगत स्वभाव इत्यादी ।
उदाहरणस्वरुप, ताराहरूको आफ्नो पछिल्लो अध्ययनमा आधारित कुन धारणाहरूले त्यो रसायन–विज्ञान वा विद्युत्को अनुसन्धानको क्षेत्रमा लैजान्छ ? नयाँ क्षेत्रको लागि प्राशंगिक अनेक संभव प्रयोगहरू मध्येबाट कुनलाई पहिले गर्न ऊ निर्णय गर्दछ ? र यी प्रयोगहरूमा अवलोकन गरिएको जटिल परिघटनाको कुन पक्ष रासायनिक परिवर्तनको वा विद्युत्बन्धुता (इलेक्ट्रिकल अफ्रिनिटी) को चरित्रको व्याख्याको लागि त्यसलाई विशेषरुपले महत्वपुर्ण लाग्दछ ? कम्तीमा एक व्यक्तिको लागि र कहिलेकाहीँ त पुरा वैज्ञानिक समुदायको लागि यस प्रकारका प्र्रश्नहरुकोे जवाफ पा्रयः बैज्ञानिक विकासको मार्ग निर्धारित गर्नमा निर्णयक हुन्छ । यस विषयमा हामी अध्याय दुईमा चर्चा गर्नेछौ । त्यहाँ हामी देख्नेछौँ कि वैज्ञानिक अनुसन्धानको अधिकतम् क्षेत्रहरूको विकासको प्रारम्भिक अवस्थाहरूको यो विशेषता हुन्छ की प्रकृतिको स्पष्ट रुपले भिन्न अनेक धारणाहरूको बीचमा निरन्तर प्रतिस्पर्धा चलिरहन्छ ।
यिनीहरूमध्ये हरेक धारणा आंशिक रुपले वैज्ञानिक अवलोकन र वैज्ञानिक प्रणालीको परिणाम हुन्छ र धेरै हदसम्म त्यसको अनुरुप पनि हुन्छ । यी परस्पर भिन्न विचार–पद्धतिहरूको बिचको भिन्नताको आधार कार्यप्रणाली सम्बन्धी कुनै टकराव हुँदैन, ती सबै समान रुपले वैज्ञानिक हुन्छन् । तिनीहरूको पारस्परिक अन्तरको मुल कारण हो ।
दुनियाँलाई हेर्ने र त्यसमा वैज्ञानिक काम गर्ने तरीकाहरूको असम्मेयता (इनकमेन्सुरेविलिटी) को धारणाको सम्बन्धमा हामी अगाडि विस्तारपूर्वक चर्चा गर्नेछौँ । यस्तो संभव छ र अनिवार्य पनि कि वैध बुझिने वैज्ञानिक मान्यताहरूको दायरा अवलोकन र अनुभवको आधारमा प्रबल रुपले सिमित होस्, अन्यथा विज्ञानको अस्तित्व नै रहने छैन । तर साथ–साथै केवल अवलोकन र अवलोकनको मात्र आधारमा मान्यताहरूको कुनै एकमात्र वैध ढाँचा निर्धारित गर्न सकिँदैन । यदि हामी कुनै वैज्ञानिक समुदायद्धारा स्वीकृत मान्यताहरूको ढाँचामा विचार गर्दछौँ भने, हामी पाउँछौ कि त्यसमा व्यक्तिगत र ऐतिहासिक आकस्मिक घटनाहरूसँग जोडिएको मनोमानी प्रतित हुने एक तत्व हमेसा हुन्छ ।
तर मनोमानी पनको यस तत्वको अस्तित्वको मतलब यो होइन कि कुनै पनि वैज्ञानिक दल आफ्नो व्यवसायको काम अन्य स्रोतहरूबाट प्राप्त भएका मान्यताहरूको समूहबिना गर्न सक्दछ । यसको कारणले विशेष मान्यताहरूप्रति कुनै वैज्ञानिक दलको प्रतिवद्धताको महत्व पनि घट्दैन । कुनै वैज्ञानिक समुदायद्धारा निम्न प्रकारका सवालहरूका निश्चित उत्तर आर्जित गर्नुभन्दा पहिले प्रभावशाली अनुसन्धान गर्नु धेरै कठिन हुन्छ विश्व जुन मुल तत्वहरूबाट संगठित भएको छ, ती के हुन ? कसरी एक अर्काेलाई र ज्ञानेन्द्रीयहरूलाई प्रभावित गर्दछन् ? यस्ता तत्वहरूको बारेमा कुन प्रश्न वैध रुपले सोध्न सकिन्छ र तिनको हल खोज्नमा कुन प्रविधिहरू प्रयोग गर्न सकिन्छ ? कम्तीमा परिपक्व विज्ञानहरूको विद्याशाखाहरूको लागि यो कुरा साँचो हो कि यस्ता प्रश्नहरूको उत्तर (वा तिनका समतुल्य) नयाँ सदस्यहरूलाई पेशामा काम गर्नको लागि तयार गर्ने र काम गर्ने अनुज्ञा दिने शैक्षिक दीक्षामा गहिराइपूर्वक सन्निहित रहन्छन् । यद्यपी त्यो शिक्षा कडा मेहनत गरेर मात्र प्राप्त हुन्छ र साथ–साथै त्समा लचिलोपना हँुदैन, त्यसकारण उपरोक्त प्रश्नहरूको उत्तरले वैज्ञानिक मस्तिष्कमा गहिरो जकड पैदा गरिदिन्छ । मस्तिष्कलाई संकुचित गर्ने यो प्रक्रिया सामान्य अनुसन्धानात्मक गतिविधि (यसको ब्याख्या अगाडि गरिनेछ)को असाधारण दक्षता र प्रभावशालीताको विकासको दिशा बुझ्नको लागि धेरै महत्वपुर्ण छ ।
अध्याय तीन, चार र पाँचमा सामान्य विज्ञानमा विचार गरेको समयमा, हामी यो कुरा जोड दिएर भन्ने छौ कि यस्तोे अनुसन्धान, व्यवसायिक शिक्षाद्धारा प्रदान गरिएका, वैचारिक साँचोहरूमा प्रकृतिलाई जबर्जस्ती ठोस्ने श्रमसाध्य र समर्पित प्रयासभन्दा अधिक केही होइन । साथ–साथै हामी यस प्रश्नको उत्तर खोज्ने कोसिस पनि गर्नेछौ कि जब यी साँचोहरूको उत्पतिमा र कहिलेकहीँ तिनको परवर्ती विकासमा पनि मनोमानीपन (आरबिट्रेरीनेस) को केही मात्र विद्यमान रहन्छ भने, के यी साँचोबिना अनुसन्धानको प्रगति संभव छ ?
















प्रतिक्रिया