हेटौँडा । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ। उनका अनुसार अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।





















प्रतिक्रिया