Logo

प्रमुख समाचार

मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन



जनकपुर । मधेश प्रदेश सदस्य विन्दु कुमारी यादवको निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य समेत रहेकी उनको आज बिहान साढे ८ बजे निधन भएको हो ।

दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसीयू कक्षमा उपचाररत थिइन् । उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए ।

दोस्रो मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेकी यादव प्रदेशसभामा समानुपातिक सांसद थिइन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १०:३५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।