काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ ।
प्रि–फेस्टिभल छुट अफरहरू सीमित स्मार्टफोनहरु–भी २७ फाइभजी, ट्रेन्डसेटिङ वाई ३६ र स्टाइलिस वाई ०२ मा सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ गएर यसको लाभ लिन सक्नेछन् ।
भिभो भी २७ फाइभजी
भिभो भी २७ फाइभजीमा फ्ल्यागशीप सोनी IMX766V सेन्सर क्यामेरा रहेको छ, जसले गर्दा प्रयोगकर्ताहरुले कम प्रकाशमा पनि आकर्षक पोट्र्रेटहरू खिच्न सक्छन् । यसको ५० एमपी अटोफोकश सेल्फी क्यामेराबाट उत्कृष्ट फ्रन्ट–फेसिङ फोटोग्राफी गर्न सकिन्छ । साथै, इमर्सिभ भिजुअलहरूका लागि यो स्मार्टफोनमा निकै आकर्षक १२० हर्ट्जको थ्रीडी कर्भ स्क्रिन रहेको छ जुन शक्तिशाली डाइमेन्सिटी ७२०० प्रोसेसरद्वारा संचालित छ ।
८ जीबी र्याम र २५६ जीबी स्टोरेजको साथ यसमा विशाल ४६०० एमएएच ब्याट्री रहेको यस स्मार्टफोनमा द्रूत चार्जिंगका लागि ६६ वाट को फ्ल्यासचार्ज छ । यस स्मार्टफोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ जसले गर्दा फोनलाई सहजै अनलक गर्न सकिन्छ साथै यसमा भएको फनटच ओइस १३ ले प्रयोगकर्ताहरुको स्मार्टफोन अनुभव वृद्धि गर्दछ । ५८,९९९ मूल्य रहेको यो उत्कृष्ट स्मार्टफोन अफर अवधिभरि घटेको नयाँ मुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ ।
वाई ३६
भिभो वाई ३६ फेन्टासी फ्रेम र प्रिमियम क्रिस्टल ग्लासको साथ आकर्षक डिजाइनमा आउँछ । यसमा भएको गोल्डेन रिपल प्रोसेस र २.५ डी फ्ल्याट फ्रेमले गर्दा फोनलाई आरामदायी ढंगबाट बोक्न सकिन्छ । यो स्टाइलिस स्मार्टफोनमा ४४ वाटको फ्ल्यासचार्ज र ५००० एमएएचको विशाल ब्याट्री रहेको छ जसले वृहत प्रयोगको साथसाथै कार्यक्षमता र सौन्दर्यशास्त्रको राम्रो संयोजन गरेको छ ।
यसमा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले स्मुथ पर्फमेन्स सुनिश्चित गर्दछ । स्पष्ट तस्वीरहरु खिच्नका लागि यसमा ५० एमपी एचडी मुख्य क्यामेरा र २ एमपी बोकेह क्यामेरा रहेको छ भने १६ एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराको साथ उत्कृष्ट सेल्फ– पोट्र्रेटहरू मज्जाले खिच्न सकिन्छ । सिमलेस अनुभवका लागि यसमा फनटच ओएस १३ रहेको छ । यस उत्कृष्ट स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ ।
वाई ०२
भिभो वाई ०२ ले २.५ डी ट्रेण्डी डिजाइनको साथ कार्यक्षमता र स्टाइललाई समिश्रण गर्दै एक आकर्षक स्मार्टफोन बनाएको छ भने ६.५१ इन्च एचडी प्लस आई प्रोटेक्शन स्क्रिनले भिजुअल अनुभवलाई वृद्धि गर्दछ ।
५००० एमएएच ब्याट्री र कुशल अक्टा–कोर प्रोसेसर भएको यो स्मार्टफोनले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यसमा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ जसबाट तपाइले सहज रुपमा मल्टिटास्किङ गर्नु सक्नुहुन्छ र कन्टेन्टका लागि पनि पर्याप्त स्पेश पुग्नेछ ।
यो स्मार्टफोनमा रहेको ५ एमपी अटोफोकस फ्रन्ट क्यामेराबाट आकर्षक सेल्फी खिच्न सकिन्छ र ८ एमपी रियर क्यामेराको साथ आफ्नो बहुमूल्य क्षणहरूलाई कैद गर्दै तपाईँले समग्र अनुभव वृृद्धि गर्न सक्नुहुन्छ किनकी यो स्मार्टफोनमा तपाईँको समग्र अनुभव वृद्धि गर्ने क्षमता छ । रु १३,४९९ पर्ने यो स्मार्टफोन अफर अवधिभरि सुलभ मूल्य रु १२,९९९ मा नजिकैका भिभोको रिटेल स्टोरहरुबाट किन्न सक्नुहुन्छ ।
प्रतिक्रिया