काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)का मधेश प्रदेशका नेताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
बुधबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै उनीहरु एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा समाजवादीका मधेश प्रदेश सदस्य कृष्ण खनाल, जिल्ला सदस्य मोटाई चौधरी, हरि जमरकट्टेल, मनोज राम, रोशन सुवेदी रहेका छन् ।
यसैगरी, माओवादीका सिमरा उपमहानगरपालिका उपाध्यक्ष कथामुदिन मेन्जुरी, प्रदेश युवा अध्यक्ष बाबु बाबुद्धिन मन्जुरी, मोतिलाल पासवान, अमीरमिया मन्जुरी र असलम हुसेन एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष ओलीले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।















प्रतिक्रिया