एजेन्सी । गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरूले इजरायली हवाई आक्रमणका कारण निराशाजनक अवस्था सिर्जना भएको बताएका छन् ।
महमूद शालाबी, एक सहायता कार्यकर्ताले गाजाको ठूलो अस्पताललाई वधशालासँग तुलना गरे। गाजाकाे तत्कालकाे अवस्थालाई विनाशकारी वर्णन गर्दै सबै पसलहरू बन्द र सडकहरू सुनसान भएको उनले बताए।
गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डाक्टर मेधात अब्बासले गाजाको अवस्था पहिले नै नाजुक, अत्यन्त नाजुक रहेको बताए। ‘जनता पीडामा छन्, बेरोजगार छन्, गरिब छन्, यस्तो अभियान चल्यो भने धेरै नागरिक यसको प्रभावमा पर्छन्’, उनले भने ।
“उनीहरूले नागरिक क्षेत्रमा आक्रमण गरिरहेका छन्,” डाक्टर मेधात अब्बास बीबीसीका पत्रकारहरुसँग भने, ‘तपाईंले कुनै पनि सैन्य लक्ष्यहरूलाई लक्षित गरेको देख्नुभएको छैन। मेरो मतलब अहिले नागरिक क्षेत्र र आवासीय क्षेत्रहरूमा आक्रमण भइरहेकाे छ। यो गाजा पट्टीमा हामीले सामना गरिरहेको प्रकोप हो र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायमा कसैले यसलाई रोक्न सक्दैन। तपाईलाई थाहा छ मानिसहरूले हामीलाई मरेको हेरिरहेका छन् र अन्तर्राष्ट्रिय समुदायले केही गरिरहेको छैन।’
स्वास्थ्य अधिकारीहरूका अनुसार गाजा क्षेत्रमा मात्रै अहिलेसम्म तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्, जसमा धेरै सर्वसाधारण पनि छन्। इजरायलले हमास कमाण्डरहरूको घरलाई निशाना बनाएर आक्रमणलाई तीब्र बनाएकाे छ । शनिबार हमास समूहले अचालन इजरायलमा आक्रमण गरेपछि चिढिएकाे इजरायलले देश आधिकारीक रुपमा युद्धमा गएकाे बताएकाे छ । उसले आक्रमण तीब्र गतिमा बढाएकाे छ ।
प्रतिक्रिया