तेलअभिव । इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौं’ भनेका छन् ।
प्रधानमन्त्री नेतन्याहुले सम्बोधनमा भने, ‘इजरायल युद्धमा छ । हामीले यो युद्ध चाहेका थिएनौं। यो सबैभन्दा क्रूर तरिकाले सुरु भएको थियो । यद्यपि इजरायलले यो युद्ध सुरु गरेकाे हाेइन, याे युद्द अब इजरायलले यसलाई अन्त्य गर्नेछ ।’
उनले हमासले ठूलाे मूल्य चुकाउनु पर्ने बताए ।
उनले भनेका छन् ‘ हमासले इजरायलमाथि हमला गरेर ऐतिहासिक गल्ती गरेको बुझ्ने छ । हामी तिनीहरू र इजरायलका अन्य शत्रुहरूले आउने दशकहरूमा सम्झने मूल्य निर्धारण गर्नेछौं ।’
हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बद्ला लिने जनाइएकाे छ ।
टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो ।
यी ३ दिनमा गाजा र वेस्ट बैंकमा युद्धका कारण ७ सय ४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् । त्यस्तै, इजरायलमा ९ सय जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन् । यस बाहेक उनले आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विश्व नेताहरुलाई सहयोगको लागि धन्यवाद पनि दिए ।





















प्रतिक्रिया