तेलअबिव । इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच भएको युद्धमा दुवैतर्फ गरी हालसम्म १५ सयभन्दा बढी मानिस मारिएका छन् ।
इजरायलमा ९ सय र गाजामा ६ सय भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । लडाकु समूहले इजरायली सेनाका अधिकारीहरूसहित एकसय भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ ।
यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र केहीलाई बन्धक बनाएको जानकारी गराएका छन् । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । उक्त हमलामा १० नेपालीको मृत्यु भएको थियो ।
प्रतिक्रिया