युद्धग्रस्त इजरायलमा अलपत्र परेका नेपाली लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ गएका छन् ।
साउद बिहान ३ बजे नेपाल बायु सेवाको वाइडबडी जहाजमार्फत त्यसतर्फ उडेका हुन् । मन्त्री साउद दुबई हुँदै इराक पुग्नेछन् । दुबईमा नियमित यात्रु ओरालेपछि जहाज मन्त्री साउदलाई लिएर इजरायल उड्नेछ ।
यसअघि बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरु लिन साउदलाई पठाउने निर्णय गरेको थियो । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेको थियो । त्यस क्रममा १० नेपाली विद्यार्थीले ज्यान गुमाए । एक जना बेपत्ता छन् ।
जागा क्षेत्रमा रहेका २ सय ५० बढी नेपालीलाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर राजधानी तेलअभिभस्थित सुरक्षित स्थानमा राखेको छ । उनीहरु सबै इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा छन् ।
इराकमा हाल ४ हजार ५ सय केयर गिभर र २ सय ५५ नेपाली रहेको परराष्ट्र मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । ४ सय बढीले नेपाल फिर्तीका लागि दूतावासमा नाम दर्ता गराएका छन् ।
पहिलो चरणमा अलपत्र परेका २ सय ५४ विद्यार्थीलाई नेपाल फर्काउने सरकारको तयारी छ । उनीहरु दुई दिनभित्र नेपाल आइसक्नेछन् ।
मन्त्रिपरिषदको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालल प्रचण्डले इजरायलमा अलपत्र नेपालीलाई सक्दो चाँडो नेपाल ल्याउन जरुरी रहेको भन्दै त्यसका लागि सबै प्रबन्ध मिलाउन परराष्ट्रमन्त्री साउद र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई निर्देशन दिएका थिए ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पहिलो चरणमा विद्यार्थीलाई नेपाल पठाइने बताएकी छन् ।





















प्रतिक्रिया