Logo

कोशी प्रदेश

भाेलिलाई धकेलियाे कोशीमा मुख्यमन्त्री नियुक्तिकाे विषय, समर्थन गर्ने सांसदहरुको सनाखत भोलि



काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत भाेलि गरिने भएको छ ।

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरो दाबी परेपछि प्रदेश प्रमुख पर्शुराम खापुङ अलमलमा परेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका उनले दुईजनाको दाबी परेपछि नियुक्तिका लागि शुक्रबारसम्मको समय लिएका थिए । तर आज पनि सांसदहरुकाे हस्ताक्षरकाे सनाखत भएकाे छैन् ।

मुख्यमन्त्रीमा कांग्रेस संस्थापन पक्षसहित माओवादी, नेकपा एकीकृत र जसपासहितको समर्थनमा माओवादीका इन्द्र आङबोले दाबी पेस गरेका छन् भने कांग्रेस इतर पक्षका केदार कार्कीले आफू पक्षका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा दाबी पेस गरेका छन् । दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख खापुङले परामर्शका लागि समय लाग्ने समय लिएका हुन्।

 

याे पनि पढ्नुहाेस्

मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितका सांसदलाई आग्रह

कोशी प्रदेश सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

कोशीमा शेखर समूहको विद्रोहले कांग्रेसमा हलचल

कोशी : दोहोरो दाबीले अलमलमा प्रदेश प्रमुख, मुख्यमन्त्री नियुक्ति शुक्रबार मात्रै

इन्द्र आङ्बोको दाबी खारेजको मागसहित कांग्रेसका ८ सांसदद्वारा प्रदेश प्रमुखसामु हस्ताक्षर सनाखत

कोशी किचलो : कांग्रेस संस्थाप इतरका शेखर–गगन नै विभाजित

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १८:३३   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।