काठमाडौं । सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबिच १९ बुँदे सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबिच तीन चरणको वार्तापछि शनिबार राति सहमति जुटेको हो ।
सहमतिसँगै स्थानीय तहका कर्मचारीले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले शनिबार बुँदागत रुपमा छलफल गरेको थियाे । सोही क्रममा उनीहरुबीच १९ बुँदै सहमति भएको हो ।
स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित माइतीघरमा आन्दोलन गर्दै आएका थिए ।
सहमतिहरू-



























प्रतिक्रिया