Logo

प्रमुख समाचार

स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता



काठमाडौं ।  सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबिच १९ बुँदे सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबिच तीन चरणको वार्तापछि शनिबार राति सहमति जुटेको हो ।

सहमतिसँगै स्थानीय तहका कर्मचारीले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले शनिबार बुँदागत रुपमा छलफल गरेको थियाे । सोही क्रममा उनीहरुबीच १९ बुँदै सहमति भएको हो ।

स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित माइतीघरमा आन्दोलन गर्दै आएका थिए ।

सहमतिहरू-

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार ०९:२२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।