एजेन्सी । इजरायलले उसका सयाैं ट्याङ्क र युद्धका हतियार गाजा क्षेत्रमा पर्याएकाे छ ।
यसअघि नै प्यालेस्टाइनीहरुलाई उक्त क्षेत्र छाड्न निर्देशन दिइसकेकाे इजरायलले उत्तरी गाजा क्षेत्र कब्जामा लिने तयारी गरिरहेकाे छ । एकहप्ता अघि प्यालेस्टाइनी सैन्य शक्त हमासले इजरायलमा आश्चर्यजनक रुपमा आक्रमण गरेर धेरै नागरिकहरुकाे ज्यान लिएसँगै इजरायलले गाजा क्षेत्रमा धेरै जनाकाे ज्यान लिइसकेकाे छ । उसले जवाफी कारबाही चलाएकाे बताए पनि धेरै सर्वसाधारण र महिलाहरुकाे इजरायली सेनाकाे आक्रमणबाट ज्यान गइसकेकाे छ ।

हजाराैं प्यालेस्टाइनी नागरिकहरुकाे ज्यान गएपछि प्यालेस्टाइनीहरुले लास गाड्ने ठाउँ नपाएर ‘मास ग्रेभ (संयुक्त चिहान)’ मा मृत्यु संस्कार गरेका छन् । प्यालेस्टाइनीहरुलाई गाजा क्षेत्रबाट नहटाउन इजरायललाई चेतावनी दिइरहेकाे इरानले पछिल्लाे समय गाजामा आक्रमण तीब्र बनाए सयाैं इजरायलीहरु हताहत हुने र अमेरिकीहरुकाे अवस्था पनि त्यस्तै आउनसक्ने चेतावनी दिएकाे छ ।
इजरायलले ठाउँ छाड्न दिएकाे चेतावनीसम्म गाजाका १ लाखभन्दा बढी नागरिकले आफ्नाे ठाउँ छाडेर गएकाे बताइएकाे छ । नेदरल्याण्सकाे राजधानीमा सयाैं नागरिकहरुले प्यालेस्टाइनकाे बचाउमा सडकबाट खबरदारी गरेका छन् । उनीहरुले युराेपियन युनियनलाई इजरायलकाे निन्दा गर्न र प्यालेस्टाइनी नागरिककाे रक्षाका लागि कदम चाल्न भनेकाे छ ।

संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनमा पठाएकी विशेष दूत फ्रान्सिस्काे अल्बेनिजले युएनकाे प्रधान कार्यालयमा भएकाे घटनाकाे ब्रिफिङभन्दा फिल्डमा उल्टाे अवस्था रहेकाे बताएकी छिन । उनले चिन्ता ब्यक्त गर्दै इजरायली सेनाकाे आक्रमणबाट धेरै बालबालिका, महिला तथा अन्य नागरिकहरुकाे ज्यान गएकाे बताएकी हुन् । उनले अझ आफूबाहेक यूएनमा तत्काल युद्ध बिराम गर्नुपर्ने पक्षमा काेही नभएकाे भन्दै दु:ख व्यक्त गरेकी छिन् । उनले नागरिक लक्षित इजरायली सेनाकाे आक्रमण तत्काल राेक्न अनुराेध गरेकी छिन् ।
उता इजरायली सेनाका प्रमुखले उत्तरी गाजा क्षेत्र पूरै कब्जा गर्ने बताएका छन् । इजरायली मिडियाहरुका अनुसार उनले उत्तरी गाजा क्षेत्र पूरै नियन्त्रणमा लिन सेना तयारी अवस्थामा रहेकाे बताएका हुन् ।

उता आफ्ना सेनालाई ढाडस दिँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सिङ्गो देश सेनाको साथमा रहेकाे बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशको विस्तारित आपतकालीन सरकारले दिनरात काम गरिरहेको बताएका हुन् ।
उनले भने, ‘यतिबेला सरकारमा रहेका सबै एकजुट छन् ।’ तेल अवीवमा भएको मन्त्रिपरिषद् बैठकमा नेतान्याहुले इजरायली एकताको सन्देश सम्पूर्ण देश, यसका शत्रु र सम्पूर्ण विश्वमा स्पष्ट रूपमा पुग्नुपर्ने बताए।
सो क्रममा गत शनिबार हमास हमलामा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो । नेतन्याहुले मन्त्रिपरिषद्लाई भने ‘सेनालाई थाहा छ कि यस समयमा सम्पूर्ण देश यसको पछाडि उभिएको छ। अहिलेकाे समय ‘अशुभ घडी’ हो भन्ने देशलाई थाहा छ ।’
यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजामा स्थल, हवाई र समुद्री मार्गबाट आक्रमण गर्ने योजना बनाएको बताएको छ । तर यी स्थल आक्रमण कहिले हुनेछन् भन्ने बताइएको छैन। शनिबार राति, नेतान्याहुले आक्रमणको तयारी गरिरहेका सैनिकहरूलाई भेटेका थिए।
गाजा क्षेत्रमा अवस्था चिन्ताजनक
विश्व स्वास्थ्य संगठनले उत्तरी गाजाका अस्पतालहरू खाली गर्न इजरायलको आदेश मृत्युदण्डको सजाय जस्तै भएको चेतावनी दिएको छ।इजरायली सेनाले एलेप्पो एयरपोर्टमा लगातार दोस्रो पटक हमला गरेको सिरियाली अधिकारीहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बाससँग फोनमा कुराकानी गरेका छन् ।
इजरायली सेनाको दावी – हमासले उत्तरी गाजाबाट मानिसहरूलाई बाहिर निकाल्न रोकेको छ
इजरायली सेनाका प्रवक्ता जोनाथन कोनरिकसले पत्रकार सम्मेलनमा हमासले गाजा छाड्न नागरिकलाई रोक्न खोजेको दाबी गरेका छन् ।
उनले दाबी गरे, “हमासले उत्तरी गाजाबाट दक्षिणतर्फ सर्ने मानिसहरूलाई क्षेत्र छाड्न सक्रिय रूपमा रोकिरहेको छ।” उनले हमासले मानव जीवनको मूल्यलाई बेवास्ता गरेको आरोप पनि लगाए।
जमिन आक्रमणको घोषणा गर्दै इजरायलले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ जान आग्रह गरेको छ। हजारौं मानिस पैदल वा सवारी साधनमा इलाका खाली गर्दैछन्। यद्यपि, हमासले प्यालेस्टाइनीहरूलाई यो आदेश बेवास्ता गर्न आग्रह गरेको छ।
इजरायलका सैनिकलाई सित्तैमा खाना दिने म्याकडोनाल्ड्स ट्रोल, अब गाजालाई सहयोग गर्ने घोषणा
अमेरिकी खाना आउटलेट म्याकडोनाल्ड ब्याकफुटमा छ। कुवेतदेखि ओमान, साउदी अरब, टर्की र जोर्डनसम्म विभिन्न कम्पनीका प्रतिनिधिले स्पष्टीकरण दिइरहेका छन् । म्याकडाेनाल्ड्सले इजरायली सेनालाई खाना खुवाउने भनेपछि धेरैतिरबाट कम्पनीकाे बिराेध भएकाे थियाे । उसले उक्त कदम सच्याउँदै गाजा क्षेत्रका प्रभावित व्यक्तिहरुलाई खाना खुवाउने बताएकाे हाे ।
म्याकडोनाल्डले गाजामा राहत कार्यका लागि आर्थिक सहयोगको घोषणा गरेकाे छ । यसअघि केही सञ्चारमाध्यममा म्याकडोनाल्डको इजरायल शाखाले सामाजिक सञ्जालमा इजरायली सैनिकलाई ४ हजार निःशुल्क खाना प्याकेट उपलब्ध गराएको दाबी गरेकाे थियाे । साथै अन्य खाद्यवस्तुमा पनि ५० प्रतिशत छुट दिइने बताएकाे थियाे ।
म्याकडोनाल्ड इजरायलको यो घोषणापछि सामाजिक सञ्जालमा म्याकडोनाल्डको बहिष्कार चल्न थाल्यो । कम्पनीको पाकिस्तान शाखाले आफूलाई इजरायल फ्रान्चाइजीबाट अलग गरेको घाेषणा गर्याे।
लेबनानमा रहेकाे म्याकडोनाल्डको विरुद्धमा प्रदर्शनहरू पनि भए। त्यसपछि म्याकडोनाल्ड्सले मध्यपूर्वका लगभग सबै देशमा विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिँदै इजरायल म्याकडोनाल्डले गरेको घोषणालाई म्याकडोनाल्डको पक्ष मान्न नहुने बताएको छ ।
‘कम्पनी कसैको पक्षमा वा विपक्षमा छैन ।’स्पष्टिकरणमा भनिएकाे छ । पछिल्लाे समय म्याकडोनाल्डका व्यक्तिगत प्रतिनिधिहरूले पनि गाजामा राहत कार्यहरूका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।
जो बाइडेनले प्यालेस्टिनी प्राधिकरणका अध्यक्षलाई हमास आक्रमणको निन्दा गर्न अपील गरेका छन् । इजरायल–प्यालेस्टाइन द्वन्द्वका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बाससँग फोनमा कुराकानी गरेका छन् ।
दुवै नेतासँगको छुट्टाछुट्टै कुराकानीमा राष्ट्रपतिले नागरिकको सुरक्षा सुनिश्चित गर्न दुवै पक्षलाई आग्रह गरेका छन् । बाइडेनले इजरायली प्रधानमन्त्रीलाई आफ्नो समर्थन जारी राख्ने आश्वासन दिँदै, उनले महमूद अब्बासलाई गत शनिबार हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गर्न अपील गरे।
उनले अब्बासलाई हमासको निन्दा गर्दै विज्ञप्ति जारी गर्न आग्रह गरेका छन्। उनले अब्बाससँग मानवीय सहायताका विषयमा पनि कुरा गरे र यस विषयमा प्यालेस्टिनी प्राधिकरणलाई आफ्नो पूर्ण सहयोग जारी रहने बताए।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो २४ घण्टामा कति जनाको मृत्यु भएको बताएको छ ?
समाचार एजेन्सी रोयटर्सले रिपोर्ट गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार गाजा पट्टीमा विगत २४ घण्टामा करिब ३ सय प्यालेस्टाइनीको मृत्यु भएको छ।
तीमध्ये अधिकांश साना बालबालिका र महिला रहेको मन्त्रालयले जनाएको छ ।
गाजाको अवस्थालाई लिएर विश्व स्वास्थ्य संगठनको चिन्ता
विश्व स्वास्थ्य संगठनले उत्तरी गाजाका अस्पतालहरू खाली गर्ने इजरायलको आदेशको कडा आलोचना गरेको छ र यो मृत्युदण्ड लगाउनु बराबर भएको बताएको छ।
इजरायलले उत्तरी गाजाका २२ अस्पतालमा उपचार गराइरहेका २००० बिरामीहरूलाई क्षेत्र खाली गर्न निर्देशन दिएको छ।





















प्रतिक्रिया