काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता भएका छन् । उनी बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।
बीआरआईसम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ पुगेका बेला हृदयाघात भएका उनी स्वास्थ्यलाभ गरेर फिर्ता भएका हुन् । हृदयाघातपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।
अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) को समापनलगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो । चिकित्सकको सुझावअनुसार अब उनले केही दिन आराम गर्नेछन् ।




















प्रतिक्रिया