काठमाडौं । अब ट्राफिक चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाँदा पनि हुने भएकाे छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले लिंक गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।
यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको केन्द्रकाे बताइएकाे छ । सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।
तर काेही चालकले ट्राफिक नियम उल्लघंन गरेकाे खण्डमा कारबाही गर्न नागरिक एपबाट देखाइएकाे अनुमति पत्रले हुँदै । सरकारले कारबाहीमा परेको खण्डमा एपमै उक्त विवरण समेत राख्ने तयारी पनि गरिरहेकाे बताइएकाे छ ।





















प्रतिक्रिया