Logo

प्रमुख समाचार

एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघको दुर्व्यवहार

पत्रकार ओम शर्मामाथि कुटपिट



काठमाडौं । एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् । स्राेतकाअनुसार कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले अपशब्द बोल्दै तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए । त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएका थिए ।

तर उनी निकट ओम शर्मालाई भने युवा संघका कार्यकर्ताले कुटपिट गरेका छन् । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन भनी आफूले प्रश्न गर्दा आफूमाथि कुटपिट भएकाे ओम शर्मा बताउँछन् ।

उनी भन्छन्, “केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन ? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो ।”

एनआरएनएको भर्खरै सम्पन्न भएको महाधिवेशनको विवाद अझै सकिएको छैन । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति गठन गरेका छन् । उनले केसीकै नेतृत्त्वमा रहेको समितिले गरेको ईभोटिङमा धाँधली गरिएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १६:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।