Logo

प्रमुख समाचार

भूकम्प प्रभावित क्षेत्रका ग्राहकलाई ५ दिने निःशुल्क भोइस तथा एसएमएस सेवा



काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा सबैखाले दुरसंचार सेवाहरू सरुचारु भएको भएको छ । नेपाल टेलिकमले भूकम्प प्रभावित सबै ठाउँमा सेवा सुचारु रहेको जानकारी दिँदै सेवालाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता पनि जनाएको छ ।

टेलिकमका प्रवक्ता शाेभन अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनको अवधिका लागि निशुल्क भोइस र एसएमएस सेवासमेत टेलिकमले उपलब्ध गराएको जानकारी दिए ।

यसका अतिरिक्त भूकम्प प्रभावित क्षेत्रमा पाँच दिको लवधिका लागि निशुल्क भोइस तथा एसएमएस सेवा सहितको निशुल्क सिम समेत उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १४:००   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।