काठमाडाैं । जिमेलमा अब एक क्लिकमै सबै इमेल डिलिट गर्न मिल्ने भएकाे छ । गुगलले हरेक जिमेल प्रयोगकर्तालाई दिएकाे १५ गिगाबाइटको नि:शुल्क स्टोरेजको सुविधा लिइसकेपछि थप स्टाेरेजकाे आवश्यकता पर्छ ।
त्यसपछि प्रयोगकर्तासँग स्टोरेज खरिद गर्ने कि पुराना इमेलहरू डिलिट गर्ने भन्ने दुईवटा विकल्प हुन्छन् । यी मध्ये पुराना इमेल डिलिट गर्ने विकल्प निशुल्क भएकाे हुँदा सबैले यही विकल्प प्रयाेग गर्न चाहन्छन् ।
यसअघिसम्म सबै इमेलहरूलाई एकै पटकमा डिलिट गर्न सम्भव थिएन, जसकारण पुराना इमेल डिलिट गर्नु एउटा झन्झटपूर्ण काम थियाे । एक एक गरी डिलिट गर्नुपर्ने हुन्थ्याे ।
तर अब भने सबै इमेललाई एकैपटकमा डिलिट गरेर इनबक्स खाली गराउन सकिने भएको छ ।
एक क्लिकमै सबै इमेल डिलिट कसरी गर्ने ?
- सबैभन्दा पहिले आफ्नो फोन वा ल्याबटपको वेब ब्राउजरमा जिमेल लगइन गर्ने ।
- जिमेलको इनबक्समा सबैभन्दा माथिपटि्ट देखिइरहेको चेकबक्समा क्लिक गर्ने ।
- त्यसपछि एउटा पेजमा देखिएका सबै इमेल सेलेक्ट हुनेछन् ।
- अब दायाँ भागमा निलो रङमा Select all conversations in Primary को अप्सन देखिनेछ । त्यसमा क्लिक गर्ने । त्यसो गर्दा इनबक्सको Primary खण्का सबै इमेल सेलेक्ट हुनेछन् ।
- त्यसपछि डिलिट अप्सनमा क्लिक गरेर सबै इमेललाई एकैपटकमा डिलिट गर्ने ।
- यही तरिकाले जिमेलको इनबक्समा Social तथा Promotional खण्डका इमेलहरू पनि एकैपटकमा डिलिट गर्न सकिन्छ ।





















प्रतिक्रिया