Logo

प्रमुख समाचार

३० दिनभित्र प्रहरी समायोजन नभए संघविरुद्ध आन्दोलन गर्ने मधेस सरकारको चेतावनी



काठमाडौं । मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ ।

बुधबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखेर भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी दिए ।

उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठेरो भएको बताए । उनले संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि ३० दिनको समय सिमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने बताए ।

“प्रहरी प्रशासन अहिलेसम्म हाम्रो मातहतमा आएको छैन । जबकि संघले पनि प्रहरी ऐन बनाइसकेको छ । तर कार्यान्वयनमा आएको छैन । यस्तै निजामती ऐन लगायतका धेरै विषयहरू छन् । प्रदेशलाई हस्तान्तरण गरिएको छैन । जुन कारणले प्रदेश सरकारलाई काम गर्न अप्ठेरो छ । दबाब दिनको लागि ज्ञापन पत्र बुझाउँछौँ । ३० दिनको समय दिएर । ३० दिनभित्र कार्यान्वयन पक्षमा केन्द्र सरकार गएन भने हामी चरणबद्ध आन्दोलनतिर लाग्छौँ,” उनले भने ।

प्रकाशित मिति : कार्तिक २२, २०८० बुधबार  ६ : २० बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।