काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि झन्डै ४ सय कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो ।
प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ ।
इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ। प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिने जनाइएकाे छ। दरखास्त शुल्क पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।





















प्रतिक्रिया