Logo

राजनीति

झापा जाँदै पूर्वराजा, राप्रपाले शक्ति प्रदर्शन गर्ने



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा प्रस्थान गर्ने भएका छन्। शनिबार झापामा तय भएको राजावादीहरूको कार्यक्रममा सहभागी हुन पूर्वराजा झापा प्रस्थान गर्न लागेका हुन्।

बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। कार्यक्रमका क्रममा राजावादीले शक्ति प्रदर्शन समेत गर्ने छन्।

शक्ति प्रदर्शनका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने बताए।

आयोजकले कार्यक्रममा हजारौं समर्थकको सहभागीताा रहने जनाएको छ।

शालिक अनावरण भए पनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको राप्रपाले जनाएको छ। भोलि ८ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १०:३७   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।