Logo

राजनीति

पूर्वराजालाई गगन थापाकाे चुनाैती : ‘च्याँखे दाउमा होइन, सिधै खालमा आऊ’



गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कटाक्ष गरेका छन् । उनले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौती दिँदै च्याँखे दाउ नथाप्न चेतावनी दिए ।

गुल्मीमा शनिबार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै  महामन्त्री थापाले भने, ‘नेपालको राजतन्त्र हामीले फालेको होइन, आफ्नै कर्मले गएको हो । राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसका प्रत्येक साथीले भन्न सक्नुपर्छ च्याँखे दाउको खालमा नपस । राजालाई पनि म भन्न चाहान्छु, महराज च्याँखे दाउमा होइन सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ कांग्रेस । दल खोल, चुनाव लडेर दुई तिहाई ल्याऊ संविधान परिवर्तन गर ।’

महामन्त्री थापाले राजाले धर्म जोगाउछन् भन्ने भ्रममा नपर्न समेत आग्रह गरे । मौका पर्दा मन्दिरका मुर्ति चोर्नेले सनातन धर्मको रक्षा नगर्ने भन्दै उनले सनातन धर्म संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम रहेको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार २१:१५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।