Logo

प्रमुख समाचार

टोपबहादुर रायमाझी, टेकनारायण पाण्डेलगायत आठ जनालाई थुनामा पठाउने आदेश सदर



काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे, टाेपबहादुर रायमाझीसहित आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ।

उच्च अदालत पाटनले आज पुनरावेदनकाे फैसला सुनाउँदै नक्कली भुटानी शरणार्थीका मुख्य नाइकेहरु मानिएका टाेपबहादुर रायमाझी, टेकनारायण पाण्डेलगायतलाई थुनामा लाग्ने आदेश सदर गरेकाे हाे । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

पुन: सम्पादन गरिएकाे ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १६:०२   :  बजे

3.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।