Logo

राजनीति

पहिचानको माग वार्ताबाट सम्बोधन गर्न मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको सुझाव



विराटनगर । प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुनेमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । अध्यादेशबाट सार्वजनिक भएको बजेट प्रतिस्थापन चालु आर्थिक वर्षको विधेयकमार्फत पारित भएपछि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसँग छलफल गरेका थिए ।

मुख्यमन्त्री कार्कीले पहिचाहनलाई भाषा, संस्कृति र परम्परालाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताएका थिए । पहिचाहनको मुद्दालाई राजनीतिक लाभसँग जोडेर हेर्न नहुने भन्दै मुख्यमन्त्री कार्कीले बजेटले प्रदेशको समग्र पहिचानलाई समेट्ने प्रयास गरेको भेटपछि  बताए ।

उनले भने, “प्रदेश सरकारले फाल्गुनन्द भाषा, संस्कृति अध्ययन केन्द्र स्थापना गरी प्रदेशमा रहेका सबै भाषा, संस्कृतिको विकास गर्ने योजना बनाएको छ ।” तुवाचुङ र खुवालुङजस्ता सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकासका लागि सरकारले ठोस योजना बनाएको कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएको बताए ।

प्रदेश प्रमुख एउटा आलङ्कारिक मात्र नभई प्रदेशको अभिभावक भएको बताउँदै मुख्यमन्त्री कार्कीले भने, “बाहिरी संस्कृतिले आक्रमण गरिरहेको अवस्थामा हाम्रा मौलिक संस्कृति जोगाउन चुनौती बढेको छ ।” प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनमा जोड दिँदै पहिचाहनको मुद्दालाई वार्ताको माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार २१:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।