Logo

गण्डकी प्रदेश

शिबुले खोले जि बि प्रांगारिक मल उद्योग



निर्मल लामिछाने | बुटवल ,सैनामैना नगरपालीका वडा नं ८ बाँसगढीका एक युवा शिबु भण्डारीले फोहर, झारपात र गोबरबाट मल बनाई कृषि व्यापारमा लागेका छन् । उनले बनाएको मल प्रति किलो ५० रुपैयामा धमाधम मल कारखानाबाटै बिक्न थालेको छ ।

शिबु सानै उमेरदेखि नयाँ र फरक काम गर्न रुचाउँथे। सानै उमेरदेखि सामाजिक र नमुना काममा शिबुको ध्यान जान्थ्यो । बाल क्लबाट उनले वातावरण सफाईका कामहरू पनि थुप्रै गरे । पछि उनलाई घरायसी फोहर, मिल्किएका पात र गोबरहरूलाई मल बनाउने बिचार आयो अनी  उनले जिबी प्रांगारिक मल उत्पादन उद्योगू दर्ता गरि मल बनाउने कामको सुरुवात गरे ।

उनले आफ्नो घर लगाएत थप ५० घरको जैविक फोहरहरू जम्मा गर्न थाले । पातपतिङ्गर खोजे,गोबर किने । यी सबै फोहरबाट मल बनाउन उनले चितवनबाट गड्यौला  खरिद गरि लगे र गड्यौला को सहयोगबाट गड्यौले  मल उत्पादन गर्न थाले ।

शिबुले थालेको काम सजिलो छैन, कामै फोहर बटुल्न पर्ने भए पनि  शिबुमा प्रष्ट उद्देश्य छ तसर्थ उनले कामलाई निरन्तरता दिइरहेका छन् । हाल शिबुको काम हेर्न सैनामैना नगरपालिकाको स्थानीय सरकार शिबुको घरमै आउन थालेको छ । नगरपालिकाले गर्न सक्ने सहयोग गर्ने आश्वासन पनि दिन थालेको छ ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार