Logo

प्रवास

कोरिया जान भाषा परीक्षाका लागि १ लाख ४३ हजारले दिए आवेदन



काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन्।

पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए।

कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो। यसमा पानी जहाज निर्माण सम्बन्धी कामको लागि आवेदन दिएर परीक्षामा अनुत्तीर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार २०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।