Logo

प्रमुख समाचार

शीर्ष दलका तीन नेता छलफलमा



काठमाडौं- प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए।

भेटमा सङ्क्रमणकालीन न्याय, आगामी राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

 

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ११ : ३५ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।