Logo

राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि १८ पुसभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको निर्देशन



काठमाडौं- नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पुस १० गते पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएका हुन्।

पुस १८ गते बेलुकासम्म सबै प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरेर पठाएमा १९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु हुने र उम्मेदवारको टुङ्गो लगाइने एमालेले बताएको छ।

सिफारिस आएपछि भइ उम्मेदवार केन्द्रले टुंगो लाग्ने पोखरेलको भनाइ छ। निर्वाचन आयोगले पुस २३ गते मनोनयनको समय तोकेको छ। आगामी माघ ११ गते १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन हुँदै छ। राष्ट्रिय सभामा हाल रहेका १७ मध्ये एमालेकामात्र ९ सांसदको पदावधि सकिँदै छ।

राष्ट्रिय सभामा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि फागुन २० बाट सकिँदै छ।

पदावधि सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले माघ ११ मा निर्वाचन हुन लागेको हो। उक्त निर्वाचनमा सत्ता गठबन्धन मिलेर निर्वाचन लड्ने घोषणा गरिसकेको छ। सत्ता गठबन्धले मिलेर निर्वाचन लडेरमा एमालेले १९ मध्ये एउटै सिट पनि नपाउने स्थिति छ। त्यस्तो भएमालेलाई ठूलो घाटा लाग्ने छ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १२:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।