Logo

प्रमुख समाचार

पानीजहाज निर्माणकाे परीक्षामा सहभागीले पनि अन्य क्षेत्रका लागि आवेदन दिन पाउने



काठमाडौं । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन्। वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ।

पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठकसहित १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रमा पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि विभागका नाममा ‘निवेदकको माग बमोजिम गर्न’ उक्त अदालतले विभागका नाममा आदेश जारी गरेसँगै परीक्षार्थीलाई दुवै क्षेत्रमा काम गर्न भाषा परीक्षामा सहभागी गराउने निर्णय विभागले गरेको हो।

जहाज निर्माणका लागि आवेदन दिएर बसेका ३० हजार बढी परीक्षार्थीका लागि उत्पादन क्षेत्रमा पनि भाषा परीक्षा दिने निर्णय गर्दै वैदेशिक रोजगार विभागले आवेदन खुला गरेको छ।

कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएकोले अदालतको आदेशअनुसार सिप बिल्डिङमा सहभागी भएका परीक्षार्थीका लागि उत्पादनमुलक क्षेत्रका लागि आवेदन खुलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ।

प्रकाशित मिति : १४ पुष २०८०, शनिबार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।