Logo

राजनीति

प्रधानमन्त्रीको प्रस्टोक्ति- भारतसँग उसले उत्पादन गरेको बिजुलीमात्र बेच्ने सम्झौता भएको छैन



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारतबीचमा उसलेमात्र लगानीको गरेको बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन्।

संसदीय समितिको बैठकमा भारतसँग भएको सम्झौताबारे आज जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको लगानीमा उत्पादन भएको बिजुली पनि भारतमा बेचिने बताएका छन्।

चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको उनले जानकारी दिए।

आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनाबाट उत्पादित बिजुलीलाई चीनको भनिदिन नहुने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएकोमा भारतीय विदेशमन्त्री एस जयशंकर यही पुस १९ गते नेपाल भ्रमणमा आएको बेला दुई देशका अधिकारीहरूबीच समझदारी भएको जानकारी दिए।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १२:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।