Logo

कर्पोरेट फोकस

गरिमा विकास बैंकको लाभांश पारित, चुक्ता पुँजी ५ अर्ब ६८ करोडमाथि



काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले प्रस्तावित ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

उक्त लाभांश पुस १६ गतेसम्म कायम सेयरधनीले पाउने भएका छन् । हाल ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९।५० प्रतिशत बोनस सेयर वितरणपश्चात ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

सभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

हाल बैंकको १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १९:२२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।