Logo

प्रमुख समाचार

एमालेले प्रधानमन्त्री प्रचण्डलाई जनपेक्षा समेटिएको ज्ञापन पत्र बुझाउने



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापन पत्र बुझाउने भएको छ।

एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीले बताए।

संकल्प यात्राका क्रममा आएका जन गुनासाहरूलाई वर्गीकरण गरेर, कुन–कुन निकायसँग सम्बन्धित छन् छुट्याएर बुझाइएको उनको भनाइ छ। गुनासो–समस्साहरू सम्बोधनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने उनको भनाइ छ।

एमालेले माघ मसान्तदेखि नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ। सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराउन लागेको उनले बताए।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार ०८:५१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।