Logo

प्रमुख समाचार

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आजै आउने



काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान हुँदै छ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ।

मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ। साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा छन्। आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन्।

सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्याक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उमेदवार रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन्। जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेका छन्। मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन्। गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६ र सुदूरपश्चिममा २२८ मतदाता छन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०७:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।