Logo

राजनीति

रास्वपाले माघ २१ बाट विकास आयोजना केन्द्रित पदयात्रा गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघबाट आयोजना केन्द्रित पदयात्रा गर्ने भएको छ । अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ ।

२१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१ को संयोजन सहित पदयात्रा प्रारम्भ गर्न लागेको छ । २२ माघबाट संसद बैठक बस्ने भएकाले २१ गते सुरुवात गरेर क्रमशः गर्दै जाने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

यसअघि केन्द्रीय समिति बैठकले २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । पार्टीबाट गठित कार्यदलले २१ वटा आयोजनामा टुंगो क्रममा रहेकाे रास्वपा सांसद एवं कार्यदल सदस्य शिशिर खनालले जानकारी दिए ।

संसद बैठक २२ माघबाट आह्वान भएकाले संसद बैठक नबसेको समय मिलाएर क्रमशः आयोजनामा पदयात्रा गर्ने रास्वपाले तयारी गरेको छ । आयोजना छनोट गर्दा सबै प्रदेशबाट पर्ने गरी चयन गर्न लागि लागिएको छ ।

केन्द्रीय समितिले आयोजना, दबाब यात्राको मोडालिटी, यात्राका लागि नेता चयन लगायतमा कार्य गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलमा सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता प्रतिभा रावल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र नेताहरू श्रीराम न्यौपाने, कृष्ण भेटुवाल र खुश्बु सरकार श्रेष्ठ छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १३:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।