Logo

प्रमुख समाचार

रास्वपाको कार्यवहाक सभापतिको जिम्मेवारी स्वर्णिमलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवहाक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो । पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल छन् । अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन् ।

सभापति लामिछाने आज र भोलि (आइतबार)भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार २१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।