Logo

प्रमुख समाचार

आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको बैठक बेलाएको छ। कांग्रेसले दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाएको हो। आगामी बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुने, संसदमा उठाउने विषय वस्तुलगायतमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

संसद बैठकलाई प्रभावकारी बनाउँदै पार्टीले उठाउने विषयका विषयमा निर्णय लिने बताइएको छ।

संघीय संसदको बैठक माघ २२ गते बोलाएको छ। संसद बैठकअघि अन्य दलहरु पनि आन्तरिक रणनीति बनाउन जुटेका छन्।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ०६:२७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।