Logo

टिप्पणी

राजाकै शैलीमा दुर्गा प्रसाईँ, पहिलेभन्दा झनै खस्कियो साख



काठमाडौं । बैंक तथा वित्तिय संस्थाबाट पीडितहरुको बुई चढेर चर्चा बटुलेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको साख नराम्रो संग गिरेको छ । यसअघि गत मंसिर ७ गते बल्खुमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शक्ति प्रर्दशन गरेको थियो जसमा करिब ५ हजारको संख्यामा प्रर्दशनकारी उपस्थित थिए । तर गत फागुन १ गते राजालाइ समेत झूक्याएर आफ्नो अभियानको कार्यक्रममा उपस्थित गराउन सफल भएका प्रसाईँ यस पटक अभियान सुरुवातको प्रथम वार्षिकोत्सवसंम्म आइपुग्दा नराम्रोसंग पछारिएका छन् ।

किनकी तामझामका साथ पुन: राजालाई नै पानसमा दियो बालि प्रथम वार्षिकोत्सव मनाउने उनको सपना त्यतिबेला सपनामै सिमित हुन पुग्यो जब राजा उनको कार्यक्रम छल्नकै लागि अधिल्लो दिन नै चितवन तर्फ हानिए । त्यस्तै राजसंस्थाको प्रमुख एजेण्डा बोकेका दल राप्रपा, राप्रपा नेपाल र अन्य कुनैपनी राजावादी संघ संगठनले उनलाई साथ दिएनन् । यदपी प्रसाईँले भने आफूलाइ व्यवस्था विरोधी सबैको सर्मथन रहेको भन्दै हल्ला फिंजाइरहेका थिए । अन्तत: उनको कार्यक्रममा केहि बैंक तथा वित्तिय संस्थाबाट पीडितहरु र प्रसाईँले गर्ने अराजक गालि सुन्न र त्यसको मज्जा लिन पुगेका केहि दर्शक भन्दा बाहेक अपेक्षा गरिएका कोहि पुगेनन् ।

प्रसाईँ राजाकै शैलीमा लक्जरियस गाडीमा सवार थिए । उनका समर्थकहरुले उनलाई मानव साङ्लो बनाएर सुरक्षा दिँदै भृकुटीमण्डपको कार्यक्रम स्थलमा प्रवेश गराए । उनले गाडीबाटै आफ्ना समर्थकहरुलाई हात हल्लाए, परेवा उडाएर  उनले कार्यक्रमको सुरुवात गरे ।

बैंक तथा वित्तीय संस्थाबाट अर्बौं ऋण लिएका दुर्गा प्रसाईंले पछिल्लो केहि समय यता बरालिएका केहि राजावादीहरुलाई समेत बेवकुफ बनाउन भ्याए । बैंक, लघुवित्त र सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने गरि मिनाहा गराउने आश्वासन दिएर आफ्नो ‘जय जयकार’ गराउदै आएका प्रसाईं राजाको मुद्दा बोकेकाहरुलाई पनि ‘दुर्गा प्रसाईं जिन्दावाद’ भन्ने बनाउन सफल भए । त्यसैगरी प्रसाईंले विभिन्न कित्तामा बिभाजित राजावादीलाई सडकमा उफ्रिरहेको देखे ।

उनका लागि यो भन्दा ठुलो हतियार केहि थिएन । त्यसपछि प्रसाईंले आफ्नो एजेन्डामै नभएपनि यदाकदा सार्वजनिक कार्यक्रममा ‘राजा आवस्यक छ’ यो ‘व्यवस्थाको अन्त्य गर्नुपर्छ’ भन्ने देखावटी अभिव्यक्ति दिन सुरु गरेपछि त राप्रपाका केहि नेता कार्यकर्तादेखि लामो समय सडक आन्दोलन गरेका राजावादी नेतृत्वसम्म उनकै पछि दगुर्न थाले ।

अभियानको नाम ‘नागरिक बचाउ महाअभियान’ भए पनि उक्त संस्थामा प्रसाईं नै एकल नेतृत्वकर्ता हुन् । उनी बाहेक सबै ताली बजाउने र जय जयकार गर्ने संख्यात्कम सहभागी मात्र हुन् । उनको अभियानको न त ‘नीति’ छ न नियम, न कुनै एजेन्डा छ, न स्पष्ट मार्गचित्र, या न अन्य कुनै दोस्रो नेतृत्व । छ त केवल एउटै रटान ‘ऋण नतिर्नुस्‘

प्रसाईँको कार्यक्रममा  समर्थकहरुको सहभागिता पहिलाको जस्तो रहेन । आज  जम्माजम्मी २ हजार  समर्थकहरु सहभागी भएको आँकलन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार २०:३२   :  बजे

1.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।