Logo

प्रमुख समाचार

कांग्रेसको दस्तावेजमा गठबन्धनको छाया देखियो : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न महासमिति बैठकमा प्रस्तुत गर्न लागेको दस्तावेज कांग्रेसको मौलिक हुन नसकेको बताएका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा १६ बुँदे लिखित धारणा राख्दै उनले दस्तावेज र प्रतिवेदनमा गठबन्धनको छाया देखिएको बताए ।

‘यहाँ प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,’ कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन ।’

उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव तयार पारेका हुन् । खड्का अहिलेको गठबन्धन सरकारमा उपप्रधान तथा रक्षामन्त्री छन् ।

नीति प्रस्तावमा गठबन्धन गर्नु परेका विषयमा खड्काले मिश्रित निर्वाचन प्रणाली भएको र कुनै एक दलले बहुमत ल्याउन नसक्ने स्थितिका कारण भन्ने उल्लेख गरेका थिए भने गठबन्धन सरकारको आलोचना गरिएको थिएन ।

यस्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रमश: सांगठानिक र समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । शर्माले पेश गरेको प्रस्तावमा कोशीमा सरकार बनाउँदाको असर गत माघ ११ को राष्ट्रिय सभा चुनावमा देखिएको उल्लेख छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १६:१३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।